काबुल छोड्नु ठूलो गल्ती भएको भन्दै पूर्वराष्ट्रपति घानीले जनतासँग माफी मागे

admin

एजेन्सी, २७ भदौ : अफगानिस्तानका पूर्वराष्ट्रपति अशरफ घानीले अफगानिस्तानका जनतासँग माफी मागेका छन् । अफगानिस्तानबाट भागेर संयुक्त अरब इमिरेट्समा शरण लिएका घानीले काबुल छोड्नु आफ्नो जीवनको सबैभन्दा ठूलो गल्ती भएको भन्दै भाग्नुको विकल्प नभएको बताएका हुन् ।

उनले आफ्नो जनतालाई त्याग्न नचाहेको तर यस्को विकल्प पनि नभएको बताएका छन् । अगस्त १५ मा तालिबान लडाकूहरु राजधानीमा प्रवेश गरेपछि घानीले अचानक अफगानिस्तान छाडेका थिए । आफ्नो ट्विटर एकाउन्टमा लेखिएको एक बयानमा घनीले “व्यापक हिंसाबाट बच्नको लागी देश छोड्नुको विकल्प छैन् ।” साथै उनले अफगानिस्तानलाई “लोकतान्त्रिक, समृद्ध र सार्वभौम राज्य” बन्न मद्दत गर्न २० बर्ष समर्पित गरेको पनि बताएका छन् ।

प्रतिक्रिया