काभ्रेका इट्टा व्यवसायीमाथि विराटनगरमा खुकुरी प्रहार

admin

काठमाडौं, १० असोज : विराटनगरमा एकजना इट्टा व्यवसायीमाथि खु कुरी प्रहार भएको छ । काभ्रे घर भएका व्यवसायी ३२ वर्षीय कलामसिंह लामामाथि आइतबार अपरान्ह उच्च अदालत विराटनगरको गेट नजिकै खुकुरी प्रहार भएको प्रह रीले जनाएको छ ।

घाइ ते लामालाई विराटनगर अस्पतालमा उपचारपछि थप उपचारका लागि काठमाडौं लगिएको मोरङ प्रह रीले जनाएको छ । खुकु री प्रहार गरेको आरोपमा प्रहरीले विराटनगर महानगरपालिका–६ का विमल कार्कीलाई पक्रा उ गरेको छ ।

खुकुरी प्रहार गर्नुको कारण खुलेको छैन । लामाको पेट र दाहिने हातमा गहिरो चोटपटक लागेको जनाइएको छ । घाइ ते लामाको अवस्था खतरामुक्त रहेको जनाइएको छ । मोरङको कटहरी गाउँपालिका–६ मा रहेको मोरङ राजधानी इट्टा उद्योगमा लामाको पनि सेयर रहेको जनाइएको छ ।

उक्त उद्योगमा लगानीबारे लगानीकर्ताहरुबीच विवाद रहँदै आएको जनाइएको छ । भक्तपुरको सूर्यविनायक नगरपालिका–८ मा बस्दै आएका लामा उक्त इट्टा उद्योगको विवादकै कारण विराटनगर आएको प्रहरीले जनाएको छ ।

दुईजनाले लामामाथि खुकुरी प्रहा र गरेपनि कार्की पक्रा उ परिसकेका छन् । घटनामा कार्कीसहित दुईजना संलग्न रहेको खुलेको छ । घट नाको विस्तृत विवरण प्रहरीले सार्वजनिक गरेको छैन ।

प्रतिक्रिया