काभ्रेका कोरोना संक्रमित मध्ये आज ५९ जना निको भएर घर फर्किए, थप २४ जनामा संक्रमण पुष्टि

admin

काभ्रे : काभ्रेका कोरोना भाईरसका संक्रमित मध्ये आज ५९ जना उपचार पछि निको भएर घर फर्किका छन् । यो संगै जिल्लाका संक्रमित मध्ये २ हजार ४ सय ४१ जना भाईरस मुक्त भएका छन् ।  उनीहरु मध्ये १ हजार ४ सय ८९ जना पुरुष  र ९ सय ४२ जना महिला छन् । 

यस्तै जिल्लामा आज थप २४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पुष्टि हुने संक्रमितहरुमा धुलिखेल नगरपालिकाका २ जना महिला र ४ जना पुरुष रहेका छन् । यस्तै बनेपा नगरपालिकाका २ जना महिला र ६ जना पुरुष, पनौती २ जना महिला २ जना पुरुष, पाँचखालका २ जना पुरुष र २ जना महिला, मण्डनदेउपुरका १ जना महिला र नमोबुद्धका १ जना महिला रहेका छन् । 

योसँगै जिल्लामा संक्रमितको संख्या २ हजार ८ सय ७ पुगेको छ । अझै जिल्लामा ३ सय ४० जना सक्रिय संक्रमित छन् । हाल जिल्लाको २ वटा अस्पताल आइसोलेसनमा १५ जना छन् भने होम आइसोलेसनमा ३ सय २५ जना रहेको स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डाक्टर नरेन्द्रकुमार झाले बताउनुभयो । 

प्रतिक्रिया