काभ्रेका कोरोना संक्रमित मध्ये आज २९ जना डिस्चार्ज, थप १० जनामा संक्रमण पुष्टि

admin

काभ्रे : काभ्रेका कोरोना भाईरसका संक्रमित मध्ये आज २९ जना डिस्चार्ज भएका छन् । यो संगै जिल्लाका दुई हजार ४ सय ६० जना संक्रमित उपचार पछि भाईरस मुक्त भएका स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ । यस्तै जिल्लामा आज थप १० जना कोरोना भईरसका संक्रमित थपिएका छन् ।

आज थपिने संक्रमित मध्ये बनेपा नगरपालिकाका १ पुरुष,धुलिखेल नगरपालिकाका १ महिला र १ पुरुष, पनौती नगरपालिकाका १ महिला,नमोबुद्द नगरपालिकाका १ महिला,मण्डनदेउपुरबाट नगरपालिकाका १ महिला र १ पुरुष र बेथानचोक गाँउपालिकाका २ पुरुषमा भाईरसको संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ । योसँगै जिल्लामा संक्रमितको संख्या २ हजार ८ साय १७ पुगेको छ ।

अझै जिल्लामा ३ सय २१ जना सक्रिय संक्रमित छन् । उनीहरुमध्ये अस्पताल आइसोलेसनमा १५ जना र होम आइसोलेसनमा ३ सय ६ जना रहेका कार्यालयका प्रमुख डाक्टर नरेन्द्र कुमार झाले बताउनुभयो । भाईरसको संक्रमण बाट जिल्लामा ५० जनाको ज्यान गएको छ । जसमध्ये ३६ जना जिल्लाकै हुन् भने १४ जना अन्य जिल्लाका हुन् ।

प्रतिक्रिया