काभ्रेका कोरोना संक्रमित मध्ये आज ३८ जना डिस्चार्ज,थप १४ जनामा संक्रमण पुष्टि

admin

काभ्रे : काभ्रेका कोरोना भाईरसका संक्रमित मध्ये आज ३८ जना डिस्चार्ज भएका छन् । हाल सम्म जिल्लाका संक्रमित मध्ये २ हजार ५ सय ७५ जना भाईरस मुक्त भएको स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ । यस्तै आज जिल्लामा १४ जना संक्रमित थपिएका छन् ।

थपिएका संक्रमितहरुमा बनेपा नगरपालिकाका ५ जना पुरुष,धुलिखेल,पनौती र नगरपालिकाका १-१ जना पुरुष रहेका छन् । यस्तै पाँचखाल नगरपालिकाका १ पुरुष र १ महिला,नमोबुद्ध नगरपालिकाका १ पुरुष र १ महिला,भुम्लु,बेथानचोक गाँउपालिका र मण्डनदेउपुर नगरपालिकाका १-१ जना महिलामा संक्रमण पुष्टि भएको कार्यालयका प्रमुख डाक्टर नरेन्द्र कुमार झाले बताउनुभयो । योसँगै जिल्लामा संक्रमितको संख्या २ हजार ८ सय ७६ पुगेको छ ।

अझै जिल्लामा ११२ जना महिला र १५३ जना पुरुष गरी २ सय ६५ जना सक्रिय संक्रमित छन् । डाक्टर झाका अनुसार १० जना अस्पताल आइसोलेसनमा र २ सय ५५ जना होम आइसोलेसनमा छन् । भाईरसको संक्रमण बाट जिल्लाका ३६ जनाको ज्यान गईसकेको छ ।

प्रतिक्रिया