काभ्रेका दुई जना बुद्धचित्त र रुद्राक्षको मालासहित पक्राउ

admin

धुलिखेल, २८ पुस: मकवानपुरको मनहरीबाट रुद्राक्ष र बुद्धचित्तको मालासहित काभ्रेका दुई जना पक्राउ परेका छन । पक्राउ पर्नेमा काभ्रे तेमालका ४२ वर्षीय जगत लामा तामाङ र ४८ वर्षीय सूर्यमान तामाङ रहेका छन् ।

उनीसँगै भारतको बिहार बस्ने ३२ वर्षीय मुन्ना यादवपनि पक्राउ परेको मकवानपुर प्रहरीले जनाएको छ । उनीहरुको साथबाट १ हजार ७ सय ७० थान बुद्ध चित्तको माला, २५ किलो बुद्धचित्तको दाना र १ सय ४४ थान रुद्राक्षको माला बरामद भएको प्रहरीले जनाएको छ ।

काठमाण्डौबाट भारत तर्फ जादैँ गर्दा उनीहरुलाई चेकजाँचका क्रममा पक्राउ परिएको मकवानपुर प्रहरीले जनाएको छ ।

प्रतिक्रिया