काभ्रेका स्थानीय तहमा भोली देखि तीनदिनसम्म सार्वजनिक विदा

admin

काभ्रे: तामाङ समुदायको सोनाम ल्होछार पर्व भोलीदेखि सुरु हुदैँछ । ल्होछारको अवसर पारेर काभ्रेका विभिन्न स्थानीय तहले सार्वजनिक बिदा दिने निर्णय गरेका छन । बाग्मती प्रदेश सरकारले काठमाण्डौ, ललितपुर र भत्तपुर बाहेक जिल्लामा भोली सार्वजनिक बिदा दिएको छ । जिल्लाको खानीखोला, रोशी, तेमाल, महाभारत र चौरीदेउराली गाउँपालिकाले तीन÷तीन दिन सार्वजनिक बिदा दिएका छन ।

भोलीदेखि माघ १२ गतेसम्म बिदा हुनेछ । धुलिखेल, बनेपा, पाँचखाल, पनौती, मण्डनदेउपुर र नमोबुद्ध नगरपालिकाले भने भोली मात्रै सार्वजनिक बिदा दिएका छन । त्यस्तै भूम्लु र बेथानचोक गाउँपालिकाले पनि भोली एकदिनका लागिमात्रै सार्वजनिक बिदा दिने निर्णय गरेका छन् । जिल्लामा १३ वटा स्थानीय तह रहेका छन् ।

यसैबीच सिन्धुपाल्चोक जिल्लाको लिसंखु—पाखर पालिकाले पनि ल्होछार पर्वको अवसरमा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सिन्धुपाल्चोककै पाचँपोखरी थाङपाल गाउँपालिकाले पनि सोनाम ल्होछारको अवसरमा तीन दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

प्रतिक्रिया