काभ्रेकी सरिता हत्याबारे उनकै दाईले गरे डरलाग्दो खुलासा [भिडियोसहित]

पूजा बानियाँ

पिएनपीखबर, भक्तपुर। काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–६ बस्ने २५ वर्षीया सरिता दाहाल (दुलाल)लाई प्रहरीले शुक्रबार उनको आफ्नै कोठामा मृतावस्थामा फेला पारेको हो । मृतावस्थामा फेला पारेपछि घरपरिवारका सदस्यलाई प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको थियो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक गिरीका अनुसार घटनाका बारेमा जानकारी पाउने बित्तिकै घटनास्थल पुगेको प्रहरी टोलीले दुलाललाई दिउँसो घरको कोठामा नै मृतावस्थामा फेला पारेको हो । उनको घाँटीमा सानो डोरीको डाम बसेको, उतानो अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ ।

मृतकका श्रीमान् सन्दीप दुलालले गाँजा चुरोट सेवन गर्ने गरेका र छ महीनासम्म सुधार केन्द्रमा राखेर डेढ महीना अगाडि मात्रै घर ल्याइएको प्रहरीले जनाएको छ । घटनापछि फरार रहेका मृतकका श्रीमानलाई स्थानीयको सहयोगमा मण्डनदेउपुर नगरपालिका–२ बालुवापाटीबाट शनिबार बिहान पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका मृतकका श्रीमानले आफु एक्लैले आफ्नो श्रीमतीलाई मारेको बयान दिएका छन्। यस हत्यामा अरु कसैको संलग्नता नरहेको मृतकको श्रीमानको बयान छ।

सरिताका माइती पक्षले भने श्रीमानले मात्र नभई सबै परिवारको सदस्य मिलेर हत्या गरेको आरोप लगाएका छन् । श्रीमान श्रीमती बीच केहि झैँ झगडा नहुने तर जेठानीसँग भने पहिला देखि नै मनमुटाव भएर भिन्दो समेत बसेको माइती पक्षको भनाई छ।

आइतबार बिहानै टिचिङ अस्पतालमा एक हुलको निकै लफडा देखिएको थियो । सरिता दाहालको मृत्युको घटनाले माइती र घर पक्षबीच झगडा चर्किएको छ।शुत्रबार बिहान काभ्रेमा घटेको घटनाले यो बेला सबैलाई तानेको छ।

बेलुका सुतेकी सरिता बिहान हेर्दा मृत अबस्थामा भेटीएकि थिइन। उनि मृतक अबस्थामा भेटीए पछि उनको दाई मिडियामा आएका छन। उनको त्यो हालतमा पुर्याउने सबैलाइ जेल हाल्न पर्छ भन्दै माइती पक्ष यो बेला अस्पतालमा पुगेको छ।

बहिनिको मृत्यु भईसक्दा पनि घरपरिवारले थाहा नदिएको पछि गाउँका छरछिमेकी मार्फत माइती पक्षलाई खबर भएको माइती पक्षको गुनासो छ। मृतकलाई घटनास्थलमा नै गएर हेर्दा मृतक सिरक माथि सुताइएको हुनाले हत्या गरि सरक्क राखिएको हुनसक्ने मृतकको दाईको आशंका छ।

बाँकी हेर्नुहोस् भिडियो :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू