काभ्रेको क्रसरमा प्रेसर कुकुर वम

test admin

काभ्रे, पुस १६ : मण्डन देउपुरमा रहेको एक क्रसर उद्योगमा प्रेसर कुकर वम फेला परेको छ । मेलम्ची एण्ड इन्द्रावती सटोन प्रा.ली नामक क्रसर उद्योगमा प्रेसर कुकर वम फेला परेसँगै अहिले नेपाली सेनाको वम डिस्पोजल टोली पुगेर वम डिस्पोज पार्ने काम भइरहेको छ ।

वम क्रसर उद्योगको जेनेरेटर रहको स्थान नजिकै छाडिएको पाइएको छ । वम राखिएको स्थान नजिकै कम्तीमा ३० जनाभन्दा बढि मजदुर सुतिरहेका थिए । ‘समयमा थाहा पाउन नसकेको भए कम्तीमा ३५ जना मजदुरहरुको मृत्यु हुने रहेछ, समयमै थाहा पाएर जोगियौं’ स्थानीय तुलशी नेपालले जानकारी दिनुभयो ।

वम कस्ले कुन प्रयोजनका लागि राख्यो खूल्न नसके पनि घटनास्थल नजिकै नेकपा विप्लव समूहको पर्चा भेटिएको स्थानिय हरि कोइरालाले जानकारी दिनुभयो । उक्त क्रसर बनेपाका व्यवसायी राजभक्त प्रधानको हो ।

प्रतिक्रिया