काभ्रेको पाँचखालमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि

admin

काभ्रे, १८ असारः काभ्रेको पाँचखाल नगरपालिकामा थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । धुलिखेल अस्पतालमा पिसिआर चेक गर्ने क्रममा दुई जनामा कोरोना पुष्टि भएको पाँचखाल नगरपालिका मेयर महेश खरेलले जानकारी दिए ।

दिल्लीबाट असार २ गते पाँचखाल क्वारेन्टाइनमा आइपुग्नु भएका वडा नम्बर ९ का ३७ बर्षिय पुरुष र साउदीबाट असार ७ गते पाँचखाल क्वारेन्टाइनमा आइपुग्नु भएका वडा नम्बर ६ का ३३ बर्षिय पुरुषमा कोरोना पुष्टि भएको हो ।

संक्रमतिहरुलाई नगरपालिकाले स्थापना गरेको आइसोलेशन कक्षमा राखिएको मेयर खरेलले बताए । नगरको क्वारेन्टाइनमा रहनु भएका २४ जनाको पिसिआर चेक गरिएको थियो । त्यसमध्ये २ जनामा कोरोना संक्रमण देखिएको थियो । पिसिआर चेकको लागि नगरबाट पठाइएको मध्ये अझै ४ जनाको रिपोर्ट आउन बाँकी छ ।

प्रतिक्रिया