काभ्रेको बनेपामा स्थानीय र प्रहरी बीच झडप: ८ घाइते, ९ राउण्ड अश्रु ग्यास प्रहार

admin

काभ्रे , कार्तिक १८ : काभ्रेको बनेपामा प्रहरी र स्थानीयबीच झडप हुँदा प्रहरीसहित ८ जना घाइते भएका छन । झडप नियन्त्रण लिनको लागि प्रहरीले ९ राउण्ड अश्रु ग्यास प्रहार गरेको छ । बनेपा नगरपालीका र स्थानीयबासि बिच बार्ता नमिले पछि बनेपा नगरपालिका वडा नं ९ ठकुरी गाउँमा प्रहरी र स्थानीयबीच झडप भएको हो । फोहोर जलाउने मेसिन राख्नका लागि ठाउँ सम्याउने क्रममा झडप भएको जिल्ला प्रहरी काभ्रेले जानकारी दिएको हो ।

नेपाल प्रहरी २५ र सशस्त्र प्रहरी ४० सहित एक वटा स्कारभेटर जबरजस्ती लैजान खोजेपछि स्थानीय प्रतिरोधमा उत्रिएका थिए । स्थानीय प्रतिरोधमा उत्रिएपछि दोहोरो झडप भएको थियो । झडपमा स्थानीय ५ जना र प्रहरी ३ जना घाइते भएका छन्। झडपमा घाइतेको टाउकोमा चोट लागेको र घाइतेहरुको बनेपाको शिरमेमोरियल हस्पिटलमा उपचार भइ रहेको छ ।

फोहोर विसर्जन गर्न भनेर नगरले बनेपाको ठकुरी गाउँमा तयारी गरेको थियो । उक्त तयारी पश्चात बनेपा नगरले सोमबमार ठकुरी गाउँमा स्कारभेटर लिएर मेसेन राख्ने ठाउँ सफा गर्न गएको थियो । तर उक्त ठकुरी गाउँका स्थानीयहरुभने नगरपालीका विरुद्ध अगाढि आए ।

प्रतिक्रिया