काभ्रेको मण्डन देउपुरमा बदेल संगै बाँदरको आतंक

admin

काभ्रे : काभ्रेको मण्डनदेउपुर नगरपालिकाका किसानलाई बदेल संगै बादरले पनी सताउन थालेको छ । केहि समय अघि बदेलको आतंकले हैरान भएका स्थानीयलाई अहिले बाँदरले समेत दुःख दिन थालेको नगरपालिकाका प्रबक्ता डिल्लि प्रसाद आचार्यले बताउनुभयो ।

किसानले लगाएको मकै लगायत अन्य खेतीबालीमा बदेलले क्षती पुर्याएको वडा नम्बर एक देखी सात सम्मका किसानले गुनासो गरेका छन् । यसैगरी १०,११ र १२ वडामा बाँदरले मकै बाली तथा अन्य बालीमा क्षती पुर्याएको छ ।

बाँदर ताथ बदेल धपाउन रात भर जागेर बस्नु पर्ने किसानहरुले बताएका छन् । यसैबिच नगरपालिकाले बाँदर धपाउने यन्त्र बितरण गरेको छ ।

वडा म्बर १२ का किसानलाई सामुहीक रुपमा प्रयोग गर्नेगरी १५ थान बाँदर धपाउने यन्त्र बितरण गरिएको प्रबक्ता आचार्यले बताउनुभयो । अरु वडामा पनी बितराण् गर्ने नगरपालिकाल तयारी गरेको छ ।

प्रतिक्रिया