काभ्रेको महाभारत गाउँपालिकामा सुख्खा पहिरो खस्दा स्काभेटर चालक घाइते

admin

काभ्रे : काभ्रेको महाभारत गाउँपालिकामा सडक खन्ने क्रममा माथिबाट सुख्खा पहिलो खस्दा स्काभेटर चालक घा’इते भएका छन् । पालिकाको वडा नम्बर ६ ग्यापिङ भन्ने जंगलमा सडक फराकिलो बनाउँदै गर्दा माथिबाट सुख्खा पहिलो खसेको थियो ।

पहिरोले स्काभेटर सहित चालकलाई बगाएको वडा नम्बर ६ का वडाध्यक्ष रमेश कुमार लुंगेलीले जानकारी दिनुभयो । घा’इते चालक विष्णु कुमार विष्टको घर मकवानपुर जिल्लाको थाहा नगरपालिका वडा नम्बर ४ कुलेखानी हो । चालकको अहिले काठमाण्डौमा उपचार भइरहेको छ । चालकको टाउकोमा चो’ट लागेछ ।

महाभारत गाउँपालिकाकाे वडा नम्बर ५ को तीनखुट्टे देखि गाउँपालिकाको केन्द्र देवीटारसम्म पिचका लागि धमाधम सडक फराकिलो पार्ने काम भइरहेको छ । सोहि क्रममा सुख्खा पहिलो खसेको हो । ४९ करोडमा पिच गरिसक्ने ठेक्का सम्झौता भएको छ ।

प्रतिक्रिया