काभ्रेको रोशीमा मिनिट्रक दुर्घटना, तीनको मृत्यु

admin

काभ्रे, २४ असोज: काभ्रेको खहरेपागुमा मिनिट्रक दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । रोशी गाउँपालिका वडा नं. ३ खहरेपागुमा मिनिट्रक दुर्घटनामा भएको हो ।

फाइल फोटो

महाभारत गाउँपालिकाबाट बनेपा आउने क्रममा बा ३ ख ३५९५ नम्बरको निसानको मिनिट्रक दुर्घटना हुँदा घटनास्थलमै तीन जनाको मृत्यु भएको रोशी गाउँपालिका–३ का वडाध्यक्ष धनजीत लामाले जानकारी दिए । गाडीमा दसैं मनाएर फर्कने करिब ३५ भन्दा बढी यात्रु हुनसक्ने वडाध्यक्ष लामाले बताए ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी दिपक गिरीका अनुसार दुर्घटना भएको भन्ने जानकारी आएको हुँदा प्रहरी चौकी खहरेपाँगुबाट प्रहरी पठाइ सकेको जनाएका छन् । एम्बुलेन्स र उद्धार सामग्रीसहित प्रहरी घटनास्थलमा गइसकेको डिएसपी गिरी भने । घटनाबारे थप जानकारी आउन बाँकी छ ।

प्रतिक्रिया