काभ्रेबाट अबैध चिरान काठ सहित दुई जना प क्राउ

admin

काभ्रे, ५ असाेज : काभ्रे प्रहरीले बीपी राजमार्गको  धुलिखेल नगरपालिका वडा नम्बर ११ बाट अबैध चिरान काठ सहित दुई जनालाई प क्राउ गरेको छ । प क्राउ पर्नेमा पनौती नगरपालिका वडा नम्बर ४ का ३५ बर्षीय रामकृष्ण काफ्ले र ओखल्ढुंगा जिल्ला लिखु गाउँपालिका वडा नम्बर ३ घर भएका ३२ बर्षीय रेशम श्रेष्ठ छन् ।

राजमार्गमा चेकजाँच गर्ने क्रममा भकुण्डेबेशीबाट धुलिखेल तर्फ आईरहेको बा.२०.च २३०७ टाटा योद्धा गाडी र बा.२०.च ८७४९ महेन्द्र बोलेरो गाडिमा बन कार्यालयको ईजाजत पत्र बिना अबैध उत्तिस र साल्ला जातको चिरान काठ सहित दुई जना पक्राउ परेका हुन् ।

प्र हरीले बा.२०.च २३०७ टाटा योद्धा गाडी र बा.२०.च ८७४९ महेन्द्र बोलेरो, बिभिन्न नाप साईजको चिरान काठ-४० थान ३७.५२० क्यूफिट र बिभिन्न नाप साईजको चिरान लिष्टी गरी १७७.५ क्यूफिट गरी एकमुषष्ट २०९.६३ क्यूफिट बरामद गरेको छ । प्र हरीले काठ, गाडी र चालकहरुलाई थप अनुसन्धान र कारवाहीको लागि डिभिजन वन कार्यालय धुलिखेलमा पठाएको छ ।

प्रतिक्रिया