काभ्रेबाट जुवा तास खेल्ने ११ जना प’क्राउ

admin

काभ्रे : काभ्रे प्रहरीले गत १५ गते प क्रा उ गरेको ११ जना जु वा डेलाई आज सार्वजनिक गरेको छ । असोज १५ गते रातीको १० बजे प क्रा उ गरेको थियो । प्र ह रीले प क्रा उ परेको ३ दिन पछि आज सार्वजनिक गरेको हो ।

धुलिखेल नगरपालिका वडा नं. ९ रानाछाप स्थितमा ठाकुर रोक्काले संचालन गरेको होटलमा अबैध रुपमा बाजि थापी पैसा हारजित हुने गरि जुवा तास खेलाई रहेको भन्ने विषेश सूचनाको आधारमा उनीहरुलाई प क्रा उ गरिएको जिल्ला प्र ह री कार्यालय काभ्रेका डिएसपि हरी खतिवडाले जानकारी दिए ।

प क्रा उ पर्नेमा काभ्रे धुलिखेल नगरपालिका ९ का ४२ वर्षिय रामेश्वर तिमल्सिना,४८ वर्षिय कृष्ण कुमार मल्ल, ३१ वर्षिय अर्जुन सार्की, वडा नं १ का ४५ वर्षिय बलराम थापा,वडा नं १० का ५१ बर्षिय हरिशरण धिमाल रहेका छन् ।

त्यस्तै बनेपा नगरपालिका ४ का २१ बर्षिय नबिन श्रेष्ठ, पनौती नगरपालिका ५ का ५२ वर्षिय अर्जुन पाण्डे, वडा नं ५ का ३४ वर्षिय ठाकुर रोक्का, ४५ वर्षिय राजु के.सि. र ४२ वर्षिय रुपक थापा रहेका छन् ।

त्यसैगरी चौतारा सागाचोकगढी नगरपालिका १२ का ४१ वषिय कुमार गिरी लाई पनि प क्रा उ गरिएको डिएसपि खतिवडाले जानकारी दिए । ९५ हजार नगद सहित प क्रा उ परेका उनीहरुलाई “मुलुकी फौजदारी सं हिता, २०७४“ को दफा १२५ को उपदफा १ बमोजिमको कसुरमा जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकबाट म्याद थप अनुमती लिई आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्र ह री कार्यालय काभ्रेले जनाएको छ ।

प्रतिक्रिया