काभ्रेबाट ट्रक भित्र बालिकालाई जबरजस्तीकरणी गर्ने चालक र सह-चालक प क्राउ

admin

काभ्रे, २९ भदाै :काभ्रे प्र हरीले ट्रक भित्र बालिकालाई जबरजस्तीकरणी गर्ने चालक र सह-चालक प क्राउ गरेको छ । अन्दाजी १३ बर्षीय बालिकालाई ट्रक भित्र जबरजस्तीकरणी गर्ने चालक र सह-चालक प क्राउ परेको जिल्ला प्र हरी कार्यालय काभ्रेका डिएसपी हरि खतिवडाले जानकारी दिनुभयो ।

बालिका भदौ २६ गते रातीको करिब १२:३० बजतिर भक्तपुर जिल्लाको भक्तपुर नगरपालिका वडा नम्बर १ श्रृजनानगर स्थित अरनिको राजमार्ग सडक खण्डमा पूर्व तर्फ जानको लागि गाडी कुरिरहेकी थिईन् । एकिन नम्बर नखुलेको ट्रकले गन्तव्य सम्म पुर्‍याईदिने भनि ट्रकमा राखेर चालक र सहचालकला ल्याएका थिए ।

तर गन्तव्यमा पुग्दै राति १:३० बजेको समयमा काभ्रेपलाञ्चोक जिल्ला बनेपा नगरपालिका वडा नम्बर १२ साझा पेट्रोल पम्प अगाडी गाडी रोकी सोही गाडी भित्रै चालक र सह-चालक दुवै जना मिलि पालै पालो जबरजस्तीकरणी गरी निज बालिकालाई गन्तव्य सम्म नपुर्‍याई सोही स्थानमा छाडेर गाडी लिई फ रार भएका थिए ।

प क्राउ पर्नेमा झापा जिल्ला हल्दीबारी गाउँपालिका वडा नम्बर ५ घर भएका ३२ बर्षीय चालक हर्क बहादुर बिश्वकर्मा र मोरङको उर्लाबारी नगरपालिका वडा नम्बर १ घर भएका १८ बर्षीय सह-चालक निदिप धिमाल छन् । उनीहरूलाई आज साँझ मोरङबाट बिपि राजमार्ग हुँदै काठमाण्डौ तर्फ आउँदै धुलिखेल नगरपालिका वडा नम्बर ७ स्थित धुलिखेल चोकबाट ट्रक सहित प क्राउ गरिएको हो ।

प्रतिक्रिया