काभ्रेमा अबैध क्रसर उद्योगको बिगबिगी अझै हटेन, तीन उद्योग बन्द गर्न निर्देशन

admin

काभ्रे: जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकले अनुमति नै नलिई सञ्चालन गरिरहेका तीन उद्योगलाई बन्द गर्न निर्देशन दिएको छ । समन्वय समितिले गरेको अनुगमनका क्रममा मण्डनदेउपुर नगरपालिका–६ स्थित मेलम्ची बगरमा सञ्चालन गरेको मेलम्ची इन्द्रावती स्टोन, भुम्लु गाउँपालिका–७ मा सञ्चालनमा रहेको वीर वि एण्ड सन्स र वडा नं. १० मा रहेको मञ्जुश्री मल्टिप्रपोज प्रालिलाई बन्द गर्न निर्देशन दिएको जिल्ला समन्वय समितिका प्रमुख उद्धव केसीले बताउनुभयो ।

त्यस्तै वीर वी एण्ड सन्स र मञ्जुश्री मल्टिप्रपोज प्रालिले बालुवा प्रशोधन अनुमति लिएर क्रसर नै सञ्चालन गरिरहेको पाइएकाले उद्योग दर्ता अनुमति लिँदाको उद्देश्यभन्दा फरक कार्य गरेको भन्दै क्रसर उद्योग बन्द गर्न निर्देशन दिएको छ । तर त्यसरी निर्देशन दिएको भए पनि धेरैजसो उद्योगहरु निर्देशनको अवज्ञा गर्दै सञ्चालन भइरहेको छ ।

प्रतिक्रिया