काभ्रेमा आज कोरोना भाइरसका कारण थप एक जनाको मृ’त्यु, डिस्चार्ज हुनेको संख्या १८

admin

काभ्रे : धुलिखेल अस्पतालमा आज थप एक जना कोरोना संक्रमितको मृ’त्यु भएको छ । काठमाडौँ घरभएका ५५ बर्षिय एक पुरुषको उपचारको क्रममा मृ’त्यु भएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ । योसँगै अन्य जिल्ला घर भइ काभ्रेका अस्पतालमा मृ’त्यु हुनेको संख्या ९ जना पुगेको छ ।

कोरोना भाइरसका कारण जिल्लाका १७ जनाको मृ’त्यु भएको स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डाक्टर नरेन्द्रकुमार झाले जानकारी दिनुभयो । आज जिल्लामा १८ जनाले कोरोना भाइरसलाई जितेर घर फर्किका छन् ।

हाल जिल्लामा निको हुनेको संख्या ९ सय ७१ पुगेको छ । हाल जिल्लामा ५ सय ४४ जना सक्रिय संक्रमित रहेका छन् । यस्तै अस्पताल आइसोलेसनमा १ सय ८ जना छन् र होम आइसोलेसनमा ४ सय ३६ जना रहेका स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डाक्टर झाले बताउनुभयो ।

प्रतिक्रिया