काभ्रेमा आज थप १५ जनामा कोरोना संक्रमण पुष्टि

admin

काभ्रे : काभ्रेमा आज थप १५ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । थपिनेहरुमा धुलिखेल नगरपालिकाका २ जना पुरुष र ५ जना महिला, पनौतीमा २ पुरुष र १ महिला, बनेपा नगरपालिकाका ४ महिला र १ जना पुरुष र पाँचखालमा १ जना पुरुष रहेको स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डाक्टर नरेन्द्रकुमार झाले जानकारी दिनुभयो ।

योसँगै जिल्लामा संक्रमित हुनेको संख्यमा ६ सय १५ पुगेको छ । उनीहरु मध्ये ४ सय जना पुरुष र २ सय १५ जना महिला छन् ।आज मात्र जिल्लाका १ जना कोरोना संक्रमित उपचार पछि निको भएर घर फर्किका छन् । योसँगै हालसम्म जिल्लमा निको हुनेको संख्या ४ सय ६ पुगेको छ ।

हाल जिल्लामा २ सय ३ जना सक्रिय संक्रमित रहेका छन् । यस्तै अस्पताल आइसोलेसनमा १ सय ३१ जना छन् भने होम आइसोलेसनमा ७२ जना रहेको स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डाक्टर झाले बताउनुभयो ।

प्रतिक्रिया