काभ्रेमा आज ५ जनामा कोरोना संक्रमण, जिल्लामा संक्रमितको संख्या ४५८ पुग्यो

admin

काभ्रे । काभ्रेमा आज ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । थपिने संक्रमितहरुमा बनेपा नगरपालिकाका ३ जना पुरुष र धुलिखेल नगरपालिकाका १ जना पुरुष र एक जना महिला रहेको छन् ।

यो संगै जिल्लामा संक्रमित हुनेको संख्या ४५८ पुगेको स्वास्थ्य र्कालय काभ्रेका प्रमुख डाक्टर नरेन्द्र कुमार झाले जानकारी दिनुभयो । यस मध्ये २७९ जना पुरुष र १८० जना महिला रहेका छन् ।

जिल्लामा हाल सम्म ३०४ जना उपचार पछि निको भएर घर फर्किका छन् । जिल्लामा सक्रिय संक्रमितको संख्या १५० जना रहेका छन् । यसैगरी ८७ जना अस्पताल आईसुलेसनमा छन् भने ६३ जना होम आईसुलेसनमा छन् ।

प्रतिक्रिया