काभ्रेमा एकैरात वडा कार्यालयसहित ९ घरमा चोरी

admin

धुलिखेल, २५ फागुनः  काभ्रेको कोशीपारी क्षेत्रमा पर्ने भुम्लु गाउँपालिका वडा न.८ मा शनिबार राती वडा कार्यालय र स्वास्थ्य चौकी सहित ९ घरमा चोरी भएको छ । गएराति सवा ११ देखि १ बजेको बीचमा पौवा देखि हबेली भन्ने ठाउँ सम्मका घर पसल, वडा कार्यालय र स्वास्थ्य चौकीमा चोरी भएको स्थानीय रमेशप्रसाद खरेलले जानकारी दिए ।

वडा कार्यालयको ताला फोरे नगद २५ हजार रुपैयाँ चोरी भएको बताइएको छ । स्वास्थ्य चौकीको भने मुख्य गेटको तालामात्रै फोरिएको छ । चोरी गर्ने समुहले महिला स्वास्थ्य स्वयम सेविका दुर्गा उप्रेतीको घरबाट २६ हजार रुपैयाँ नगद, सोभा तामाङ करिब २५ देखि ३५ हजार रुपैयाँ चोरी गरेका छन् । रमेश प्रसाद घरेलकै घरबाट नगर र गहना गरी ६० देखि ७० हजार रुपैयाँ बराबरको चोरी भएको छ ।

त्यस्तै सुब्बा खत्रीको पसलबाट नगद २६ हजार, हबेलीका आइतराम तामाङको किराना पसलबाट २८ देखि ३५ हजार नगर चा बताइएको छ । स्थानीय मेजर लामाको मासु र किराना पसलबाट १५ देखि १८ सय चोरी भएको छ भन् । पौवाका माइला तामाङको पसलबाट खाने सामाग्री चोरी भएको स्थानीय रमेशप्रसाद खरेलले बताए ।

गाउँमा चोर पसेको थाहा पाएपछि स्थानीयले दोलालघाट प्रहरी चौकीमा फोन गरेका थिए । तर फोन नउठेपछि जिल्ला प्र*हरी कार्यालय धुलिखेलमा फोन गरे । जिल्ला प्र*हरी कार्यालयको आदेशमा दोलालघाट प्र*हरी बिहान ३ बजे गाउँमा पुगेको थियो । गाउँमा अहिले सशस्त्र र नेपाल प्र*हरीको टोली खटिएको छ । अहिलेसम्म कसैलाई पनि प्र*हरीले नियन्त्रणमा लिन सकेको छैन ।

प्रतिक्रिया