काभ्रेमा ‘काममा आधारित माम’

admin

धुलिखेल: धुलिखेल नगरपालिका वडा न ४ ले काम आधारित राहत वितरण गरेको छ । वडाले लकडाउनका कारण समस्यामा परेका मजदुर, बिपन्न बर्गलाई काम गरे बापत राहत उपलब्ध गराएको हो । आज पहिलो चरणमा ५२ जनालाई काम पछिको राहत वितरण गरेको वडाध्यक्ष रविन्द्र कर्माचार्यले जानकारी दिनुभयो ।

वडाले दुई÷दुई दिन काम दिएको थियो । सडक सफा, मर्मत र झाडी सरसफाई गरे बापत दैनिक साढे सात सयका दले दैनिक आवश्यक पर्ने खाद्यान्न उपलब्ध गराएको वडाध्य कर्माचार्यले बताउनुभयो । यसरी काम गर्नेहरुमा काठामा बस्ने देखि स्थानीयसम्म छन् ।

कतिपयले दुई दिन काम गरेर एक बोरा चामल लगेका छन् । कतिपयले चिनी, दाल, नुन, तेल लगाएको खाद्यान्न लगेका छन् । यसअघि वडाले ४ सय ५१ जनालाई वितरण गरेको थियो ।

वडाध्यक्ष कर्माचार्यको नेतृत्वमा वडाबासीबाट संकलन गरेको राहत काममा रुपान्तरण गरिएको हो । दोस्रो चरणका लागि समेत निवेदन आह्वान गरेको वडाध्यक्ष कर्मचार्यले बताउनुभयो ।

प्रतिक्रिया