काभ्रेमा टिपरले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

admin

धुलिखेल, ११ माघः काभ्रेको पाँचखाल नगरपालिका वडा नम्बर ५, ३७ किलो भन्ने स्थानमा टिपरले मोटरसाइकलाई ठक्कर दिँदा मोटरसाइकल चालकको ज्यान गएको छ ।

पाँचखालबाट धुलिखेलतर्फ आउँदै गरेको बा ८५ प ६०२६ नम्बरको मोटरसाइकललाई सोहि दिशाबाट आउँदै गरेको बा ४ ख ११४५ नम्बरको टिपरले पछाडीबाट ठक्कर दिँदा घाइते भएका मोटरसाइकल चालकको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धुलिखेलले जनाएको छ ।

उपचारका क्रममा मण्डनदेउपुर नगरपालिका वडा नं ७ का प्रदिप श्रेष्ठको मृत्यु भएको हो । दुरघर्टनाबाट रामेछापका समर मगर गम्भीर घाइते भएका छन् । प्रहरीले टिपर चालकलाई नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया