काभ्रेमा ‘टेली रिह्याबिलिटेशन’ मार्फत बिरामीको उपचार सुरु

admin

काभ्रे : काभ्रेको बनेपा नगरपालिका वडा नं १० मा रहेको स्पाइनल इन्जुरी पुर्नस्थापना केन्द्रले ‘टेली रिह्याबिलिटेशन’ सुरु गरेको छ । कोरोना सङ्क्रमणपछि भएको बन्दाबन्दी कारण देशका विभिन्न जिल्लामा रहेका मेरुदण्डका बिरामीहरू अस्पताल आउन सक्ने अवस्था नभएपछि ‘टेली रिह्याबिलिटेशन’ सुरु गरिएको अस्पतालले जनाएको छ ।

केन्द्रमा लामो समय बसी उपचारपछि घर फर्कनुभएका बिरामीहरूलाई सामान्य समस्या हुँदा र फलोअपका लागि अस्पतालमा आउँदा धेरै खर्च लाग्ने हुनाले खर्च बचत गर्ने उद्देश्यले पनि टेली रिह्याबिलिटेशन सुरु गरिएको केन्द्रका मेडिकल निर्देशक डा. राजु ढकालले जानकारी दिनुभयो । ‘नेपालमा टेली मेडिशिनको सुरुवात भए पनि टेली रिह्याबिलिटेशन भने नेपालमा नै पहिलो अभ्यास हो’ ।

बन्दाबन्दीको समयमा एक सय ७५ बिरामीलाई टेली रिह्याबिलिटेशनमार्फत उहाँहरूको समस्या समाधान गरिएको छ । अनलाइनमार्फत बिरामीलाई फिजियोथेरापी गर्ने तथा अन्य विभिन्न अभ्यास गराउन सिकाइने केन्द्रले जनाएको छ ।

प्रतिक्रिया