काभ्रेमा दुःखद घटना: युवा झुण्डिएको अवस्थामा फेला

admin

धुलिखेल, २ भदौ : काभ्रेको धुलिखेल नगरपालिका वडा नं. ८ भट्टेडाँडामा एक युवक आफ्नै कोठामा झुण्डिएको अवस्थामा फेला परेका छन् । भट्टेडाँडामा माउण्टेन मिरर होटल सञ्चालन गर्दै आएका सञ्चालकका ३० वर्षीय कान्छो छोरा राजेन्द्र अधिकारी सोही होटलको आफ्नै कोठामा झुण्डिएको अवस्थामा भेटिएका हुन् ।

धुलिखेल प्रहरीले विहान ११ बजे घटनाको सूचना पाएको थियो । सूचना पाएलगत्तै खटिएको प्रहरी टोलीले तन्नाको पासो लगाएर झुण्डिएको अवस्थामा मृतक अधिकारीलाई भेटेको थियो । मृतक अधिकारीको बनेपास्थित शीरमेमोरियल अस्पतालमा पोष्टमार्टम गरिएपछि आजै दिउँसो दाहसँस्कार गरिएको छ ।

प्रतिक्रिया