काभ्रेमा पनि डेंगु भेटियो

admin

काभ्रे, भदौ १६ : काभ्रेमा पनि डेंगुको संक्रमित भेटिएका छन् । जिल्ला जनस्वास्थ्य निरीक्षक कम्लेश मिश्रले दिएको जानकारी अनुसार जिल्लाको खानीखोला गाउँपालिकाका एक ब्यक्तिमा डेंगु रोगको लक्षण देखिएको हो ।

संक्रमितको अहिले हेटौडामा उपचार भइरहेको जनस्वास्थ्य निरीक्षक मिश्रले जानकारी दिए । काभ्रेकै ब्यक्तिमा डेंगु भेटिएपनि उनी कामको सिलसिलामा हेटौडा लगायतका तराई क्षेत्र आवातजावात गर्ने गरेको मिश्रले बताए ।

जिल्लामा डेंगुको संक्रमित भेटिएपछि जिल्ला स्वास्थ्य कार्यालय धुलिखेलले सचेत रहन सबैमा अनुरोध गरेको छ । डेंगु रोगथामका लागि जिल्लाको १३ वटै स्थानीय तहमा र्यापिट टिम खडा गरिएको छ । त्यस्तै सबै स्वास्थ्य संस्थामा डेंगु विरुद्धको कीट सहितको टोली परिचालन गरिएको जिल्ला स्वास्थ्य कार्यालय धुलिखेलले जनाएको छ ।

प्रतिक्रिया