काभ्रेमा फेरी हेलिकप्टर आकस्मिक अवतरण

admin

काभ्रे, ९ असोज : काभ्रेमा फेरी हेलिकप्टर आकस्मिक अवतरण भएको छ । काभ्रेको बनेपा नगरपालीका आइटिपार्क नजिकै सिम्रिक एयरको हेलिकप्टर आकस्मिक अवतरण भएको हो ।

लुक्लाबाट काठमाडौंको लागि उडेको हेलिकप्टर मौसम खराब कारण आकस्मिक अवतरण गरेको प्रहरीले जनाएको छ । हेलिकप्टरमा ५ जना विदेशि नागरिक रहेका थिए । हेलिकप्टर अवतरण गरेको केहीसमय पछि काठमाडौं उडेको छ ।

प्रतिक्रिया