काभ्रेमा बाख्रा चो’री गरेको आरोपमा गाडीसहित दुई जना प’क्राउ

राष्ट्रिय समाचार समिति

काभ्रे: काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–७ का स्थानीय किसानको बाख्रा र बोका चो’रीमा संलग्न दुई जनासहित दुई गाडी प्र’हरीले नियन्त्रणमा लिएको छ ।

रोशी गाउँपालिका–७ स्थित विवेक तामाङको बाख्राको खोरबाट तीन बोका र चार बाख्रा चो’री गरेको आरोपमा प्र’हरीले रोशी गाउँपालिका वडा नं ९ का सजिन शाह ठकुरी र धुलिखेल नगरपालिका–२ रविओपीका डिलबहादुर तामाङलाई प’क्राउ गरेको हो ।

उनीहरुलाई इलाका प्र’हरी कार्यालय मङ्गलटारबाट खटिएको अनुसन्धान टोलीले नमोबुद्ध नगरपालिकाको भकुण्डेबेँसीबाट प’क्राउ गरेको जिल्ला प्र’हरी कार्यालयका प्र’हरी नायब उपरीक्षक कुमारविक्रम थापाले बताउनुभयो ।

सो अवसरमा बाख्रा र बोका चोरीमा प्रयोग गरेको बा१६च ८८३० नंको बोलेरो र बा१४च ६८५७ नंको बोलेरो गाडीसमेत प्र’हरीले नियन्त्रणमा लिएको छ ।

प्र’हरी नायब उपरीक्षक थापाका अनुसार दुवै जनालाई काभ्रेपलाञ्चोक जिल्ला अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया