काभ्रेमा लाग्ने लड्केश्वर मेला स्थगित

admin

काभ्रे, मंसिर ८ : काभ्रेको पनौती नगरपालिका वडा नम्बर ११ बल्थलीमा रहेको लडकेश्वर मन्दिरमा लाग्ने मेला स्थगित गरिएको छ ।

कोरोनाको सङक्रमणको जोखीम कायमै रहेकाले यो वर्षको मेला स्थगीत गर्ने निर्णय गरिएको वडा अध्यक्ष तारामान लामाले जानकारी दिनुभयो ।

लड्केश्वर महादेबको मन्दिरमा हरेक वर्ष हरिबोधनी एकादशीका दिनमा मेला लाग्ने गर्दछ । मेला सुचारु गर्दा मानिसको भिभाड बढी हुने र कोरोना संक्रमणको जोखीम अझ बढ्न सक्ने भएकाले मेला स्थगित गरिएको हो ।

प्रतिक्रिया