काभ्रेमा १५ जना कोरोना संक्रमित थपिए

admin

काभ्रे, १३ भदौः काभ्रेमा १५ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका अनुसार आज एकैदिन १५ जना कोरोना संक्रमित थपिएका हुन् । थपिएका नयाँ संक्रमितमा सबैभन्दा बढी पाँचखाल नगरपालिकाका ५ जना महिला र ३ जना पुरुष रहेका छन् ।

त्यस्तै बनेपा नगरपालिकाका ३ जना महिला र २ जना पुरुष रहेका छन् । पनौती नगरपालिकाका महिला र पुरुष १ १ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय काभ्रे प्रमुख, डाक्टर नरेन्द्र कुमार झाले जानकारी दिनुभयो ।

यो संख्या काभ्रेमा कोरोना भाइरबाट संक्रमित हुनेको संख्या ६३० पुगेको छ । संक्रमित मध्ये १३ जना कोरोना भाइरबाट निको भएर घर फर्किएका छन् ।

हालसम्म निको भएर घर फर्किनेको संख्या ४१९ पुगेको छ । अस्पतालको आइसोलेसनमा १२८ जना रहेका छन् । होम आइसोलेसनमा बस्नेको संख्या ७७ पुगेको छ । जिल्लामा कोरोना संक्रमणबाट ६ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया