काभ्रे इन्द्रवातीमा राउत बेपत्ता

राष्ट्रिय समाचार समिति

काभ्रे, ४ भदौ : काभ्रेको भुम्लु गाउँपालिका वडा नम्बर १० बाट इन्द्रावति नदीले बगाउँदा सर्लाहिका राधेश्याम राउत बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार सर्लाहिको गडैता नगरपालिका वडा नम्बर ११ माधवपुरका २५ बर्षीय राउत बेपत्ता भएका हुन् ।

फाइल फोटो

नुहाउन इन्द्रावती नदीमा गएका राउत बेपत्ता भएको प्रहरीले जनाएको छ । बेपत्ता राउतको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रले जानकारी दिएको छ ।

प्रतिक्रिया