काभ्रे कारागारका ५ जनाको कैद मिनाहा

admin

धुलिखेल ७ फागुन : प्रजातन्त्र दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले ३२९ कैदीको बाँकी कैद मिनाहा गर्नुभएको छ । जसमा काभ्रे कारागारमा सजाय भोगिरहेका ५ जनाको पनि कैद मिनाहा भएको छ ।

कैद मिनाहा हुनेमा चौरीदेउराली गाउँपालिका वडा नम्बर ८ का सुरज थापा, नमोबुद्ध नगरपालिका वडा नम्बर ११ का चेत बहादुर थापा र भूम्लु गाउँपालिका वडा नम्बर २ का दिपक महत रहेका छन् । सुरज, चेत बहादुर र दिपक तीनै जान सवारी ज्यान मुद्दामा सजाय भोगिरहेका थिए ।

त्यस्तै सिन्धुपाल्चोक जिल्लाको सुनकोशी गाउँपालिका वडा नम्बर ६ का सुनिल दर्लामीमगर र जुगल गाउँपालिका वडा नम्बर १ का सविन सिलवालको कैद महिनाभएको जिल्ला कारागार धुलिखेलका प्रमुख जङ्ग बहादुर राईले जानकारी दिए । 

सुनिल सवारी ज्यान मुद्दा र सिलवाल ज्यान मुद्दाको कैदी सजाय भोगिरहेका थिए । कारागार धुलिखेलका प्रमुख राईका अनुसार सिफारिस गरिएको ५ जनाकै कैद मिनाहा भएको हो । मन्त्रिपरिषद्को सिफारिसमा आजदेखि लागू हुने गरी ३२९ जना कैदीको कैद मिनाहा गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

प्रतिक्रिया