काम पाउने आशामा १३ बर्षिय किशोरले गरे एप्पल कम्पनीलाई दुई पटक ह्याक

रिता घिसिंग

एजेन्सी : जागिर पाउनकै लागि एक १३ वर्षीय अष्ट्रेलियन किशोरले अमेरिकन चर्चित कम्पनी एप्पललाई ह्याक गरेका छन् । उनले एक पटक मात्रै होइन दुई–दुई पटक ह्याक गरिसकेका छन् । उनले ह्याक गर्नुको पछाडि निकै रोचक प्रसंग छ ।

उनलाई नियन्त्रणमा लिइएपछि काम पाउनकै लागि एप्पललाई ह्याक गरेको खुलासा गरेका छन् । ती अष्ट्रेलियन किशोरलाई लाग्थ्यो कि, उनले एप्पललाई ह्याक गरेपछि यस कम्पनीमा काम पाउँछु, तर यस्तो भएन । उनलाई सीधै पक्राउ गरियो ।

एप्पलको हाई सेकयुरिटी र एडभान्स प्रोटोकललाई तोड्नु सजिलो काम भने होइन । अहिलेसम्म ती किशोर बारे अन्य जानकारीसमेत सार्वजनिक भएको छैन । जस्तो कि उनको नाम समेत खुलाइएको छैन । रिपोर्टका अनुसार उनले २०१५ र २०१७ को बीचको समयमा एप्पललाई दुई–दुई पटक ह्याक गरिसकेका छन् ।

अष्ट्रेलियाको ऐडिलेडमा रहँदै आएका ती किशोरले आफ्नो साथीहरुसँग मिलेर एप्पलको सेक्युरिटीलाई डेन्ट गरिदिए । उनका वकिलले अदालतमा भने, ‘यो बच्चाले सोच्यो कि एप्पललाई ह्याक ग–यो भने काम पाउनेछु । तर उनलाई ह्याकिङको परिणाम के हुन्छ भन्ने थाहा थिए ।’

किशोरको वकिलले थपे, ‘मेरो क्लाइन्टले १३ वर्षको सानै उमेरमा यो सब गरे । उनी अझैं पनि सानै छन् । उनलाई गम्भीरताको बारेमा केही थाहा छैन । ह्याक गरेपछि काम पाउँछु भन्ने उनको आशा थियो ।’

अदालतले पनि ती किशोरलाई कुनै सजाए सुनाएन, र आफ्नो क्षमतालाई सही तरिकाले सदुपयोग गर्न सुझाव दियो ।

प्रतिक्रिया