कारबाहीमा परेका जनप्रतिनिधि र केन्द्रीय सदस्यलाई निष्कासन गरेको पत्र निर्वाचन आयोगमा

admin

काठमाडौं, ७ असार : नेकपा माओवादी केन्द्रले पार्टीको कारबाहीमा परेका पालिकाका जनप्रतिनिधि र केन्द्रीय सदस्यहरुलाई निष्कासन गरेको पत्र निर्वाचन आयोगमा बुझाउने भएको छ ।

पार्टी परिवर्तन गरेकाहरुलाई कारबाही गर्ने निर्णय यसअघि नै भएको र सोमबार बसेको केन्द्रीय समिति बैठकले त्यसलाई अनुमोदन गरेर निष्कासन गरिएको पत्र आयोगमा पठाउने निर्णय भएको नेता देव गुरुङले जानकारी दिएका छन् ।

माओवादी केन्द्रले यसअघि पनि निर्वाचन आयोगमा कारबाहीबारे जानकारी गराएको भए पनि आयोगले केन्द्रीय समितिको बैठकले कारबाहीको निर्णय नभएको भन्दै पार्टी परित्याग गरेको सूचना जारी गरेको थिएन ।

यसअघि पार्टी त्याग गरेकालाई कारबाही गर्ने निर्णयको अधिकार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिइएको थियो । पार्टीबाट हटाइएका नेताहरुकोबारेमा दल त्यागको सूचना निर्वाचन आयोगले प्रकाशित नगरेको भन्दै (हिजो) आइतबार माओवादी केन्द्रका नेताहरु आयोगमा पुगेर ध्यानाकर्षण गराएका थिए ।

प्रतिक्रिया