कारले सडकमा हिँडिरहेका महिला र २ बर्षे छोरालाई ठक्कर दिएपछि उडिन महिला (हेर्नुहोस डरलाग्दो भिडियो)

रिता घिसिंग

एजेन्सी : सिसिटिभीमा कैद भएको यो भिडियो फुटेज साँच्चै डरलाग्दो छ। २ बर्षिय बालकसँगै उनकी आमा सडकमा हिँडिरहेका बेला पछाडिबाट कार आउँछ र ठक्कर दिएर हिड्छ।

तर उनी मृत्युको मुखबाट बचेकी छन् । आमालाई कारले ठोक्काएर हिड्दै गर्दा बालक भने छेउमा थिए। ठोक्काएर हिँडेको उक्त कारलाई प्रहरीले केहीबेरमा नै नियन्त्रणमा लिएको जनाइएको छ।

अधिकारीहरूका अनुसार महिला आफ्ना छोरालाई लिएर अस्पताल जाँदै थिइन् । यो घटना मध्यप्रदेशको धरमपुरी जिल्लामा यही नोभेम्बर २२ मा भएको हो ।

हेर्नुहोस भिडियो :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू