का’रागारमा ६९ वर्षीय मुसलमानको मृत्यु

admin

तुलसीपुर, २२ असार : तुलसीपुर का’रागारका एक कै’दीको सोमबार मृत्यु भएको छ ।

ठ’गी मु’द्दामा कै’द भुक्तान गरिरहेका कपिलवस्तुको मायादेवी गाउँपालिका वडा नं ४ निवासी ६९ वर्षीय अमिरुल्ला मुसलमानको उपचारका क्रममा मृत्यु भएको तुलसीपुर कारागारका नायब सुब्बा जोखिम वलीले बताए ।

मुसलमान पटकपटक बिरामी पर्ने गरेका थिए । उनले भने ‘उहाँमा दिसापसाब आएको पनि थाहा नपाउने, मानसिक रुपमा पनि समस्या थियो ।’ कपिलवस्तु जिल्ला अदालतले विसं २०७५ असोज १५ गते मुसलमानलाई तीन वर्ष कै’द सुनाएको थियो ।

कपिलवस्तु का’रागार रहेका मुसलमानको गत वर्ष पुस ९ गते तुलसीपुर का’रागारमा सरुवा गरिएको थियो । उनको श’व आफन्तले बुझिसकेका छन् ।

प्रतिक्रिया