कारोबार हुने हप्ताको अन्तिम दिन आज नेप्से १० अङ्कले बढ्यो

admin

काठमाडौं, ३० बैशाख : बिहीबारर शेयर बजार परिसूचक नेप्से बढेको छ । उत्पादन, व्यापार र होटलबाहेक अरू सबै समूहको शेयर बढेपछि नेप्से १० दशमलव १३ अङ्कले बढेर २६ सय ८४ दशमलव शून्य एक विन्दुमा पुगेको हो । बैंकिङ समूहको शेयर तीन अङ्कले बढेको छ ।

यस्तै विकास बैंक समूहको शेयर ७१ अङ्कले, जलविद्युतको ३७ अङ्कले, फाइनान्सको ६० अङ्कले, माइक्रोफाइनान्सको पाँच अङ्कले, जीवन बीमा समूहको शेयर ८५ अङ्कले, निर्जीवन बीमा समूहको साढे पाँच अङ्कले र अन्य समूहको शेयर १३ अङ्कले बढेको छ ।

बिहीबार दुई सय १८ कम्पनीका दुई करोड १९ लाख कित्ता शेयर सात अर्ब १२ करोड रुपैयाँमा किनबेच भएका छन् । सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको ४९ करोड रुपैयाँको शेयर कारोबार भएको छ ।

दिव्यश्वरी हाइड्रो र समता फाइनान्सको शेयर १० प्रतिशत र अरू ११ वटा कम्पनीको शेयर नौ प्रतिशतभन्दा धेरैले बढेको छ । समग्र बजार बढे पनि रिडी हाइड्रोपावर विकास कम्पनीको शेयर दुई प्रतिशतले घटेको छ ।

प्रतिक्रिया