कार त्रिशूली नदीमा खस्यो : एक जना घाइते, तीन जना बेपत्ता

admin

काठमाडौं, ८ असोज : काठमाण्डौबाट पोखरा जाँदै गरेको कार त्रिशूली नदीमा खसेको छ । गएराति पौने २ बजेतिर चितवनको इच्छाकामना गाउँपालिका वडा नं. ५ मा रहेको नाग्दी खोलाबाट ग २ च ४९१८ नम्बरको कार त्रिशूली नदीमा खसेको प्रह रीले जनाएको छ ।

फाइल फोटो

दु र्घटनामा कारमा रहेका पोखरा महानगरपालिका १७ बस्ने ४६ वर्षीय रुद्रलाल सुवेदी घा इते हुनु भएको छ । उहाँको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । कारमा रहेका अरु तीन जना भने बे पत्ता भएका छन् ।

बेपत्ता हुनेमा कार चालक पोखरा महानगरपालिका-१७ का ५५ वर्षका प्रेमबहादुर भुजेल, ५५ वर्षका लेखबहादुर भुजेल र उहाँकी श्रीमती ३६ वर्षीया ईश्वरी भुजेल रहेका प्रह रीले जनाएको छ । प्रह रीका अनुसार हराएकाहरुको बिहानैदेखि खोजी भइरहेको छ । कार अनियन्त्रित भएर नदीमा खसेको चितवन प्रह रीले जनाएको छ ।

प्रतिक्रिया