कार र टिपर ठोक्किँदा २ जनाको ज्यान गयो, तीन जना घा’इते

admin

बर्दिया : बर्दियाको मधुवन नगरपालिकामा कार र टिपर ठो’क्किँदा दुई जनाको ज्या’न गएको छ । मधुवन नगरपालिका ४ काे ढोढरी बेलुवा चोक नजिक बिहीबार दिउँसो कार र टिपर ठो’क्किँदा दुई जनाको घ’टनास्थलमै ज्या’न गएको प्र’हरीले जनाएको छ ।

दु’र्घट’नामा बर्दियाको गुलरिया नगरपालिका ४ काे बेलौलीका २५ वर्षीय सुरेन्द्र गोडीया र कञ्चनपुरका १७ वर्षीय निधि सुनारको ज्या’न गएको जिल्ला प्र’हरी कार्यालय बर्दियाले जनाएको छ । दु’र्घट’नामा अन्य तीन जना घा’इते भएका छन् ।

गुलरियाबाट कञ्चनपुर जान लागेको बा १६ च २४५३ नम्बरको कार र ना ८ ख ३१४ नम्बरको टिपर मधुवन नगरपालिकाको बेलवा चोक नजिक ठो’क्किएकाे प्र’हरीले जनाएको छ ।

घा’इते हुनेमा बर्दियाको गुलरिया ४ का कार चालक २४ वर्षीय मनोज लोनिया, कञ्चनपुरका कमला सुनार र कृतिका सुनार रहेको जनाइएको छ । मृ’तकको श’व जिल्ला अस्पताल गुलरिया लगिएको र दु’र्घटना कसरी भएको भन्ने विषयमा अनुसन्धान भइरहको प्र’हरीले जनाएको छ ।

प्रतिक्रिया