कालिज पालन गर्ने युवा भन्छन्, ‘स्वदेशमै केहि गरे रोजगारीको लागि विदेश धाउन पर्दैन’

मनिषा थापा

पिएनपिखबर : भक्तपुरको सुर्यविनायक महानगरपालिका बस्दै आएका आशिष उपाध्याय र उनका साथी निर्मल उपाध्याय र प्रबेस केसी मिलेर ५० लाख संयुक्त रुपमा कालिजको व्यवसायीक पालन गर्दै आएका छन्। उनीहरु केहि वर्षको विदेश बसाई पछि विदेशमा भन्दा आफ्नै देशमा केहि गरौ भन्ने उद्देश्यले १० रोपनी जग्गा भाडामा लिएर ‘कल्पित वाइल्ड लाइफ एग्रो सेन्टर’ नाम राखि कालिज ब्यबसाय शुरु गरेका हुन्।

उपाध्याय ११ वर्ष विदेश बसेर नेपालमै केहि गर्छु भनेर फर्किएर निकै अध्धयन पछि कृषि पेशामा हात हालेका हुन्। करिब ९ महिना अघि यूरोपबाट कालिजको अण्डा आयात गरी ह्याचिङ्गबाट बच्चा निकालेर अहिलेसम्म ५०, ६० लाख लागत लाएर व्यवसाय गरिरहेको आशिष उपाध्याय बताउँछन्। नेपालमा सहजै नपाउने कालिजको व्यवसाय गर्न ४ हजार अण्डा निर्यात गरेकोमा १० प्रतिशतबाट मात्रै बच्चा निकाल्न सफल भएको उनले सुनाए।

लोकल कुखुरा भन्दा कालिज अलि महँगो हुने उनको भनाई छ। कालिजलाई प्रति गोटा ३ हजार ५ सय देखि ४ हजारसम्ममा बिक्री गर्न सकिने उपाध्यायले जानकारी दिए ।

हेर्नुहोस भिडियो :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू