कालिज फार्मबाट करोडपति बन्दै बाबुराम श्रेष्ठ, भन्छन, ‘म त फर्केर आए तपाईहरु पनि विदेशमा तेस्रो दर्जाको व्यक्ति बन्न नजानुस (भिडियो)

मनिषा थापा

पिएनपिखबर : डेढ दशक यूरोप काम गरी स्वदेश फर्केका बाबुराम श्रेष्ठले दक्षिणकाली नगरपालिकाको चाल्नाखेल क्षेत्रमा ११ रोपनी जग्गा भाडामा लिएर कालिज पालन व्यवसाय संचालन गरेका छन्।

शुरुवातमा उनले नेपाल फर्किएर बुटवलस्थित फर्निचर संचालन गरे। त्यतिले उनी चुप बस्न सकेनन् त्यसपछि उनले साथीहरुसँग मिलेर कालिज पालन व्यवसायमा हात हालेका हुन । साढे ८ महिना अघि करिव २ करोडको लगानीमा उनी सहित् अन्य ५ जनाको सहकार्यमा कालिज फार्म खोलिएको हो।

शुरुमा उनले कालिजको चल्ला फ्रान्सबाट आयात गरे। साढे आठ महिनाको अवधिमा ती चल्ला निकै ठुला र आकर्षक भएका छन्। बाबुराम श्रेष्ठ भन्छन, ‘शुरुमा ल्याउँदा वातावरण नमिलेर हानि भए पनि अब भने फाइदा लिने दिन आएको छ। पहिला ल्याएको चल्लाले अण्डा पनि पार्न थालिसक्यो।’ उनले एउटा कालिज बराबर ३५०० रुपैयामा बच्ने गरेको बताए।

कालिजमा प्रशस्त प्रोटिन हुने र मासु पनि अत्यन्तै मिठो हुने व्यवसायी श्रेष्ठ बताउँछन्। उनले छिटै नै पाल्पा, सुर्खेत, इलाम, बनेपा, दाङ्गमा शाखा विस्तार गर्ने तयारीमा छन्। उनले नेपालमा कृषि व्यवसाय गर्ने ठाउँ धेरै देखेको बताएका छन्। उनी भन्छन, ‘म त फर्केर आए तपाईहरु पनि विदेशमा तेस्रो दर्जाको व्यक्ति बन्न नजानुस। कृषिलाई चिन्न सके नेपाल मै सुन फुल्छ।’ सरकारले राम्रो व्यस्थापन गर्न सके लाखौ युवाहरु विदेशिन नपर्ने उनको भनाई छ।

हेर्नुहोस भिडियो :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू