काेराेनाबाट थप चार जनाकाे मृ’त्यु

admin

वीरगन्ज, ५ असाेज : वीरगन्जमा कोरोना संक्रमणबाट थप ४ जनाको मृ’त्यु भएको छ। याेसँगै वीरगन्जमा कोरोनाबाट मृ’त्यु हुनेको संख्या ६६ पुगेको छ। तीन जनाको आइतबार बिहान र एक जनाको शनिबार साँझ मृ’त्यु भएको छ।

वी रगन्जस्थित नारायणी अस्पतालमा उपचाररत रौतहटको गौर नगरपालिका-१ का ६१ वर्षीय पुरुषको आइतबार बिहान साढे ७ बजे मृ’त्यु भएको हो।

मृ’त्यु हुनेमा बाराको कलैया उपमहानगरपालिका-१३ बलिरामपुरकाख ६५ वर्षीय पुरुष, वीरगन्ज महानगरपालिका वडा नम्बर ६ रेशमकोठीका ८८ वर्षीय, वीरगन्ज-४ बिर्ताका ७८ वर्षीय व्यक्तिहरूकाे मृ’त्यु भएकाे छ।

वीरगन्जमा अहिलेसम्म कोरोनाका कारण मृ’त्यु भएका ६६ मध्ये २ पुरुषसहित पर्साका ४५ जना, बाराका १५ जना, रौतहटका ५ जना र सर्लाहीका एक जना रहेका छन्।

प्रतिक्रिया