काेराेना परीक्षण गर्न अब सरकारी परिचयपत्र अनिवार्य

admin

काठमाडौं, मंसिर ७ : कोरोना भाइरस परीक्षण गर्न अब सरकारबाट जारी भएको परिचय पत्र अनिवार्य भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टमको बैठकले कोरोना परीक्षण गर्ने सबै प्रयोगशालालाई नेपाल सरकारबाट जारी भएको परिचय पत्र अनिवार्य हेर्न निर्देशन दिएको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो ।

यस्तै नेपालमा स्वास्थ्य परीक्षण गरी नेगेटिभ रिपाेर्ट लिएर हङकङ, दुबई र जापानको नारिता गएका केही व्यक्तिमा फेरि त्यहीँ परीक्षण गर्दा पोजेटिभ देखिएको भन्दै बैठकले सबै प्रयोगशालालाई आन्तरिक गुणस्तर कायम गर्न पनि निर्देशन दिएको छ ।

यसैगरी, अब हवाई तथा स्थल मार्गबाट नेपाल आउने हरेकलाई अनिवार्य १४ दिन क्वरेण्टीनमा राख्न र त्यसपछि मात्र लक्षण देखिएमा पीसीआर परीक्षण गराउन कोरोना सङ्कट व्यवस्थापन केन्द्रलाई पत्राचार गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया