किचलोमै बित्यो देउवा कार्यकाल

admin

काठमाडौं, २५ फागुन : झन्डै ५५ वर्षअघि प्रजातन्त्र पुनःस्थापनाको आन्दोलनमा लाग्दा शेरबहादुर देउवाले मुलुकको कार्यकारी प्रमुखसहित पार्टीको नेतृत्वमा पुग्छु भन्ने सायदै सोचेका थिए। डडेलधुरामा मध्यमवर्गीय परिवारमा जन्मेका देउवाका लागि त्यतिबेला काठमाडौंमा आलिसान महल र सुखसयलको कुरा त निकै टाढाको कुरा थियो।

ज्यानै माया मारेर प्रजातन्त्र पुनःस्थापनाको आन्दोलनमा लागेका देउवा ५५ वर्षपछि आइपुग्दा पटकपटक मुलुकको कार्यकारी प्रमुख प्रधानमन्त्री बने। पछिल्लो चार वर्षदेखि उनी नेपाली कांग्रेसको मूल नेतृत्वमा छन्। पटकपटक प्रधानमन्त्री र पार्टीको सभापति बनेका देउवाले सुखसयलको जीवन पनि बिताइरहेका छन् ।

पार्टीको १३औं महाधिवेशनअन्तर्गत २०७२ फागुन २५ गते भएको निर्वाचनबाट देउवा चार वर्षका लागि मूल नेतृत्वमा पुगेका हुन्। सभापतिमा निर्वाचित भएपछि देउवाले भनेका थिए, ‘पार्टीभित्र बृहत् एकता कायम गर्दै विधान अक्षरशः कार्यान्वयनसहित नेता, कार्यकर्ता, शुभेच्छुकको ऊर्जा एवं क्षमतालाई सुदृढ र गतिशील कांग्रेस निर्माणमा लगाउनेछु।’ गुटबन्दीले थिलथिलो कांग्रेसमा देउवाको भनाइले ऊर्जा दिएको थियो तर त्यो धेरै दिन टिकेन ।

२०७२ चैत ३ गते सभापतिको औपचारिक जिम्मेवारी सम्हालेका देउवाले सोही दिन सभापतिका प्रत्यासी रामचन्द्र पौडेलसहित सात नेतालाई केन्द्रीय सदस्यमा मनोनीत गरेका थिए। त्यहींबाट सुरु भएको पार्टी आन्तरिक विवादले निरन्तरता पाइरहेको छ। देउवाको चारवर्षे कार्यकाल पार्टीभित्र बृहत् एकता होइन, आन्तरिक किचलो र कलहमै बित्यो। नागरिक दैनिकले खबर छापेकाे छ ।

प्रतिक्रिया