किन हाँसो–ठट्टा गर्ने केटाहरु देखि लट्ठा पर्छन केटिहरु?

रिता घिसिंग

एजेन्सी : हाँसो–ठट्टा गर्ने मान्छे प्राय कसलाई मन पर्दैन् र, विशेष केटीहरु यस्ता केटालाई बढी मन पराउँछन्। जान्नुहोस कारण :

१. ‘बोर फिल’ हुन दिँदैनन्ः
रमाइलो गर्ने व्यक्तिसँग जो पनि बस्न रुचाउँछ किनभने यस्ता व्यक्ति वरिपरि हुँदा कहिले पनि बोर महसुस हुँदैन । यसका साथै उनीहरुको जोकले माहौल हल्का हुन्छ जसका कारण खुसी प्राप्त हुन्छ । यही कारण केटीहरु यस्ता केटासँग नै डेटिङ जान चाहन्छन् ।

२. ‘अब्जर्भेसन स्किल’ राम्रो हुन्छः
हाँसो–ठट्टा गर्ने मानिसहरुको अब्जर्भेसन (अवलोकन) गर्ने क्षमता निकै राम्रो हुन्छ । उनीहरु आफ्नो वरिपरिका मानिसहरु र वस्तुहरुमाथि निकै ध्यान दिन्छन् र उनीहरुबारे बुझ्छन् पनि । त्यसैकारण उनीहरु सधैं कुनै न कुनै कुराको मजाक बनाइराख्छन् । तपाईंले एकपटक त्यस्ता व्यक्तिलाई घर लैजानुहोस् त अनि हेर्नुहोस्, महिनौंसम्म उनीहरुले कसरी स–साना कुरामा तपाईंको मजाक बनाइरहनुहुन्छ र तपाईं हाँसिरहनु हुनेछ ।

३. धेरै सामाजिक हुन्छन् यस्ता मानिसहरुः
हाँसो–ठट्टा गर्ने व्यक्ति निकै सामाजिक हुन्छन् । रमाइलो गर्ने व्यक्ति कुनै पनि पार्टीका महत्वपूर्ण व्यक्ति हुन्छन् । उनीहरु कुनै पनि परिस्थितीलाई राम्रो मजाक बनाइदिन्छन् । रमाइलो गर्ने व्यक्तिको सबैभन्दा राम्रो पक्ष उनीहरु निकै सामाजिक हुन्छन् ।

४. अनुहारमा हाँसो ल्याइदिन्छन्ः
कुनै फन्नी व्यक्तिसँग तपाईं धेरैबेरसम्म रिसाइराख्न सक्नुहुन्नँ । उनीहरुले यस्तो व्यवहार गरिहाल्छन् जसले तपाईंको रिस बिर्साइदिहाल्छ । यी स–साना कुराहरुले एक–अर्काप्रति झुकाव र लगाव बढिरहन्छ । त्यसकारण पनि केटीहरु यस्ता केटा रुचाउँछन् ।

५. रचनात्मक हुन्छन्ः
कुनै पनि वस्तुलाई नयाँ दृष्टिकोणबाट हेर्न सक्ने खुबी यस्ता व्यक्तिमा हुन्छ । यो एक प्रकारको रचनात्मक गुण हो जुन केटीहरुले रुचाउँछन् । हरेक कुराको मजाक बनाउनका लागि उनीहरुलाई विभिन्न जानकारी हुन्छन् । यस्ता मानिसहरु थुप्रै व्यक्तिको नक्कलसमेत गर्न सक्छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू