किम्फमा २८ देशका ५५ फिल्म देखाइने

admin

काठमाडौँ, मंसिर १९ : फेस्टिभलमा वृत्तचित्र, आख्यान, प्रयोगात्मक, लघु फिल्म, र एनिमेसन सम्बन्धी २८ देशका ६० फिल्म देखाइने आयोजक हिमाल एसोसियसनले जनाएको छ ।

अमेरिकी फिल्मकर्मी काइल रुडिकद्वारा निर्देशित फिल्म ’ड्रिम माउन्टेन’ प्रदर्शन गर्दै किम्फको उद्घाटन गरिने एसोसियसनले जानकारी दिएको छ ।

किम्फको निर्णायकमा पर्वतारोही मारियो कासेला, स्विजरल्याण्डकी पत्रकार ‍तथा फिल्म निर्माता क्यारोलिन फिङ्क र रंगकर्मी अनुप बराल रहेका छन् ।

अन्तर्राष्ट्रिय प्रतियोगितातर्फ ४० फिल्मबट उत्कृष्ट तीन र नेपाल पानोरमामा उत्कृष्ट वृत्तचित्र र फिक्सन फिल्म छनोट गर्नेछन् । अन्तर्राष्ट्रिय प्रतियोगितातर्फको विजेताले २ लाख, दोस्रोले १ लाख ५० र तेस्रो फिल्मले १ लाख पुरस्कार पाउनेछन् ।

पनोराममा उत्कृष्ट वृत्तचित्रका लागि ७५ हजार र उत्कृष्ट आख्यानका लागि १ लाख प्रदान गरिनेछ । उत्कृष्ट माउन्टेन फिल्म अवार्ड विजेताले भने एक हजार अमेरिकी डलर जित्नेछ ।

प्रतिक्रिया