किर्ते गरेको आरोपमा वडा सचिवसहित तीन जना प’क्राउ

admin

दाङ : किर्ते गरेको आरोपमा प्र’हरीले दुई जना वडा सचिवसहित तीन जनालाई सोमबार प’क्राउ गरेको छ ।

प’क्राउ पर्नेहरुमा घोराही उपमहानगरपालिका १ का वडा सचिव ५५ वर्षीय धनबहादुर केसी, १३ का वडा कार्यालयका तत्कालीन सचिव ५४ वर्षीय लिलाजित नेपाली र त्यही वडाका ४९ वर्षीय हुकुमबहादुर जिसी रहेको जिल्ला प्र’हरी कार्यालय दाङले जनाएको छ ।

ज’बर्ज’स्ती करणी घ’टनाका पी’डित पक्षका एक किशोरीको जन्ममितिमा किर्ते गरी सच्याएको आरोपमा उनीहरुलाई प’क्राउ गरिएको प्रवक्ता सुमित खड्काले जानकारी दिनुभयो ।

ज’बर्ज’स्ती करणी मुद्दाका अभियुक्त मणिकुमार पुनलाई बढी सजाय गराउने मनसायले पी’डित किशोरीको जन्ममिति २०५९/१०/१२ भएकोमा दुई वर्ष उमेर घटाइ २०६१/१०/१२ बनाएको पाइएको छ ।

उनीहरुवि’रुद्ध मुलुकी अपराध संहिता २०७४ परिच्छेद २५ दफा २७६ (किर्ते गर्न नहुने) शीर्षकमा मुद्दा दर्ता गरी, जिल्ला अदालतबाट १० दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्र’हरीले बताएको छ । पीडित पक्षले किशोरीको उमेर घटाएको भन्दै पीडक पक्षले अदालतमा उजुरी दिएपछि यस्तो रहस्य खुलेको हो ।

प्रतिक्रिया