‘किर्ते’ सवारी पास बोकेर हिँड्ने २ जना पक्राउ

admin

काठमाडौँ, ३१ जेठ : स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञा छल्नका लागी ‘किर्ते’ सवारी पास बनाएर हिँड्ने दुईजनालाई ललितपुर प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रशासन कार्यालयले जारी गरेको पासलाई किर्ते गरेर सवारी चलाउने खोटाङ घर भएका दिनेश गुरुङ र अमर गुरुङलाई पक्राउ गरिएको ललितपुरकी एसएसपी किरण बज्राचार्यले बताइन् ।

अमर गुरुङले चलाएको बा.८१ प. ७९३ नम्बरको मोटरसाइकल र दिनेशले चलाएको प्रदेश–१–०२–९०४०प ८६११ नम्बरको मोटरसाइकलको सवारी पासको सिरियल नम्बर समान रहेको फेला परेपछि प्रहरीले उनिहरुलाई पक्राउ गरेको हो ।

ललितपुर महानगरपालिका–१३ स्थित एकान्तकुनामा चेकजाँच गर्दा पक्राउ परेका उनिहरुलाई प्रहरीले लिखत सम्बन्धी कसुर ‘किर्ते’ मुद्दा चलाएको छ । २३ वर्षीय दिनेश र २८ वर्षीय अमरलाई जिल्ला अदालतबाट ४ दिनको म्याद लिएर अनुसन्धान भइरहेको एसएसपी बज्राचार्यले बताइन् ।

प्रतिक्रिया