किसानलाई अनुदान रकम वितरण

रिता घिसिंग

उर्लाबारी, १२ असोज : मोरङको रतुवामाई नगरपालिकाले व्यावसायिक कृषि पेशामा आवद्ध ९० जना किसानलाई जनही रु ५० हजारका दरले अनुदान रकम प्रदान गरेको छ । आज बिहान नगरपालिका कार्यालयले नगरभित्र रहेका १० वटै वडाका ती किसानलाई नगर प्रमुख रवीन राईले अनुदान रकम प्रदान गर्नुभएको हो ।

रतुवामाई नगरपालिकाका अधिकांश नागरिक कृषि पेशामा आवद्ध रहेकाले उहाँहरुलाई प्रोत्साहन गरी अझ व्यावसायिक बनाउन अनुदान रकम वितरण गरेको नगर प्रमुख राईले बताउनुभयो । उहाँले उत्कृष्ट किसानलाई आगामी वर्षदेखि थप अनुदान प्रदान गर्ने बताउनुभयो । नगरपालिकाले नगरभित्र रहेका १०० जना अगुवा किसानलाई तरकारीको बीऊ पनि वितरण गरेको छ ।
–रासस

प्रतिक्रिया